सेती अस्पतालमा उपचाररत काेराेनाका बिरामी घर फर्किँदै

<p>काठमाडौं । कैलालीकाे सेती अस्पतालमा उपचाररत काेराेनाका एकजना बिरामी निकाे भएर घर फर्किने भएका छन् । कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय राज विक कोरोनालाई जितेर घर फर्किने भएका हुन्। चैत २२ गते परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका उनको शनिबार नेगेटिभ रिपोर्ट आएको थियो। २४ घण्टामा परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएपछि उनलाई अस्पतालले डिस्चार्ज गर्ने तयारी [&hellip;]</p>

काठमाडौं । कैलालीकाे सेती अस्पतालमा उपचाररत काेराेनाका एकजना बिरामी निकाे भएर घर फर्किने भएका छन् । कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय राज विक कोरोनालाई जितेर घर फर्किने भएका हुन्।

चैत २२ गते परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका उनको शनिबार नेगेटिभ रिपोर्ट आएको थियो। २४ घण्टामा परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएपछि उनलाई अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ। अस्पतालले  उनकाे परीक्षण गर्दा दुईपटक नै कोरोना नेगेटिभ आएकाे आजै या भोलिसम्म डिस्चार्ज गर्ने तयारी भइरहेको बताएकाे छ ।

मुम्बईबाट गत चैत ११ गते घर फर्किएका उनलाई चैत २२ गते कोरोना पोजिटिभ देखिएको थियो। १४ दिन क्वारन्टिनमा र १५ दिन आइसोलेसन गरी २९ दिन कोरोनासँगको लडाई जितेर उनी घर फर्किदैछन्। साे अस्पतालमा उनी सहित ५ जना काेराेनाका बिरामी छन् ।

Share News