नेपालमा पिसिआरबाट कुल ८ हजार ६३ र आरडिटीबाट कुल २७ हजार ९ सय ५६ परीक्षण

<p>काठमाडौं । नेपालमा हालसम्म कोभिड–१९ काे रियालटाईम पिसिआरबाट कुल ८ हजार ६३ वटा परीक्षण भएको छ । यस्तै र्यापिड डायग्नोस्टिक किटबाट २७ हजार ९ सय ५६ वटा परीक्षण भएको छ । कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पिसिआर र आरडिटी गरेर नेपालमा हाल ३६ हजार ७ सय १९ परीक्षण भएको बताएका [&hellip;]</p>

काठमाडौं । नेपालमा हालसम्म कोभिड–१९ काे रियालटाईम पिसिआरबाट कुल ८ हजार ६३ वटा परीक्षण भएको छ । यस्तै र्यापिड डायग्नोस्टिक किटबाट २७ हजार ९ सय ५६ वटा परीक्षण भएको छ ।

कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पिसिआर र आरडिटी गरेर नेपालमा हाल ३६ हजार ७ सय १९ परीक्षण भएको बताएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा पिसिआरबाट ३ सय ३३ र आरडिटीबाट २ हजार ८ सय ८ जनाको परीक्षण भएको छ ।

हालसम्म नेपालमा कोरोनाभाईरसको कारण लाग्ने कोभिड–१९ संक्रमितको संख्या ३२ पुगेको छ । मंगलबार उदयपुरका ३३ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कुन प्रदेश कति परीक्षण ?

हालसम्म आरडिटीबाट प्रदेश १ मा कुल २ हजार ६ सय २०, प्रदेश २ मा कुल ३ हजार ५ सय ९८, बागमती प्रदेशमा कुल ५ हजार ९ सय ५७ऽ गण्डकी प्रदेशमा ४ हजार १ सय ६३, प्रदेश ५ मा २ हजार ४ सय ६३, कर्णाली प्रदेशमा ३ हजार ७ सय ३४ र सुदुर पश्चिम प्रदेशमा कुल ६ हजार १ सय ७० काे परीक्षण भएकाे छ ।

 

Share News