नर्भिक हस्पिटलमा उपचारत एक बिरामीमा आरडिटी पोजिटिभ भन्ने समाचार गलत

<p>काठमाडौं । नर्भिकमा उपचाररत एक बिरामीमा आरडिटी पोजिटिभ भन्ने समाचार गलत रहेको नर्भिक इन्टरनेशनल हस्पिटलले जनाएकाे छ । हस्पिटलले मंगलबार एक विज्ञप्ति जारी गरी २०७७ बैशाख ९ गते विभिन्न सामाजिक सञ्जाल तथा अनलाईन मिडियाहरुमा आएकाे उक्त समाचार गलत भएकाे जानकारी गराएकाे छ । सामान्य ज्वरो आई गत सोमबारदेखि नर्भिकमा उपचाररत एक ५० वर्षीया महिलामा कोरोनाको शंकाका [&hellip;]</p>

काठमाडौं । नर्भिकमा उपचाररत एक बिरामीमा आरडिटी पोजिटिभ भन्ने समाचार गलत रहेको नर्भिक इन्टरनेशनल हस्पिटलले जनाएकाे छ । हस्पिटलले मंगलबार एक विज्ञप्ति जारी गरी २०७७ बैशाख ९ गते विभिन्न सामाजिक सञ्जाल तथा अनलाईन मिडियाहरुमा आएकाे उक्त समाचार गलत भएकाे जानकारी गराएकाे छ ।

सामान्य ज्वरो आई गत सोमबारदेखि नर्भिकमा उपचाररत एक ५० वर्षीया महिलामा कोरोनाको शंकाका कारण निजको पिसिआर परीक्षणका लागि स्वाव बीर अस्पतालको प्रयोगशालामा पठाइएको थियो । सो परीक्षणको नतिजा प्राप्त भइसकेको तथा नतिजा नकारात्मक (निगेटिभ) आएको नर्भिकले जानकारी गराएकाे छ ।

 

Share News