काठमाडाैं । एकैदिनमा उदयपुरका ११ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका ११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हाे। याे सँगै उदयपुरमा मात्र कोरोना संक्रमितको संख्या २४ पुगेको छ।
विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि मंगलबार धरानमा गरिएको पुनः परीक्षणमा ८ जनामा र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उदयपुरकै ३ जनामा कोरोना देखिएको हो।
योसँगै कोरोना संक्रमितको संख्या ४२ पुगेको छ जसमा ५ जना निको भएर घर फर्किएका छन्।