कोरोना अपडेटः संसारभर निको हुने संक्रमितको संख्या करिब ७ लाख

<p>काठमाडौं । नेपाली समय अनुसार आज विहान ७ः३० बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या २५ लाख ५६ हजार ७ सय ४५ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म १ लाख ७७ हजार ६ सय १९ जनाको मृत्यु भइसकेको छ भने ६ लाख ९० हजार ३ सय ९३ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । [&hellip;]</p>

काठमाडौं । नेपाली समय अनुसार आज विहान ७ः३० बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या २५ लाख ५६ हजार ७ सय ४५ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म १ लाख ७७ हजार ६ सय १९ जनाको मृत्यु भइसकेको छ भने ६ लाख ९० हजार ३ सय ९३ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढी शिकार अमेरिकाकी जनता भएका छन् । जहाँ ४५ हजार ३ सय १८ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने ८ लाख १८ हजार ७ सय ४४ रहेको छ ।

त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २० हजार ८० पुगेको छ भने अहिलेसम्म ६४५ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा अहिलेसम्म ४२ जना संक्रमित भएका छन् भने ४ जना निको भएर घर फर्किसकेका छन् ।

(तथ्यांक साभारः वल्डोमिटर)

Share News