र्यापिड टेस्टमा पोजेटिभ देखिएको दुई नर्सको पिसिआर नजिता नेगेटिभ

<p>काठमाडौं । काठमाडौंमा र्यापिड टेस्ट गर्दा दुई जना नर्समा पोजेटिभ देखिएपछि पिसिआर परीक्षणमा भने नेगेटिभ देखिएको छ । शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालले दुवै नर्सको पिसिआर परीक्षणमा कोरोनाको संक्रमण नदेखिएको जानकारी दिएको छ। आइसोलेसनमा भर्ना गरिएका नर्सलाई अस्पतालले आजै डिस्चार्ज गर्ने जनाएकाे छ । त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारको अस्पतालमा कार्यरत दुई नर्सलाई सोमबार र्यापिड टेस्ट गर्दा [&hellip;]</p>

काठमाडौं । काठमाडौंमा र्यापिड टेस्ट गर्दा दुई जना नर्समा पोजेटिभ देखिएपछि पिसिआर परीक्षणमा भने नेगेटिभ देखिएको छ ।

शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालले दुवै नर्सको पिसिआर परीक्षणमा कोरोनाको संक्रमण नदेखिएको जानकारी दिएको छ। आइसोलेसनमा भर्ना गरिएका नर्सलाई अस्पतालले आजै डिस्चार्ज गर्ने जनाएकाे छ ।

त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारको अस्पतालमा कार्यरत दुई नर्सलाई सोमबार र्यापिड टेस्ट गर्दा पोजेटिभ देखिएकाले टेकु अस्पतालमा भर्ना गरिएको थियो ।

Share News