काठमाडौं । कोरोनाको ३ नयाँ संक्रमित थपिएका छन् ।
काभिड-१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख डा. विकास देवकोटाले कोरोनाको ३ नयाँ संक्रमित थपिएकाे बताएका हुन् ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ३ जनाकाे नतिजा पाेजेटिभ अाएकाे हाे । तीनैजना संक्रमित २४, ६० र ७२ वर्षिय पुरुष रहेकाे उनले जानकारी दिए।
हिजाेमात्र एकैदिनमा उदयपुरका ११ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको थियाे ।
यहीसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ४५ पुगेकाे छ जसमा ७ जना निकाे भएर घर गइसकेका छन् ।