काठमाडौं । नेपालमा थप दुई कोरोना संक्रमित कोरोना मुक्त भएका छन् । योसँगै नेपालमा कोरोनाबाट निको भएर घर फर्कनेको संख्या ७ पुगेको छ ।
बुधबार कोरोना संक्रमित दुई पुरुषहरु निको भएर एकजना घर गईसकेको र दोस्रो डिस्चार्जको तयारीमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् ।
कैलालीको सेती प्रादेशीक अस्पतालमा उपचाररत ४० वर्षीय पुरुष र शुक्रराज ट्रपिकल अस्पतालमा उपचाररत ३२ वषिर्य पुरुष कोरोना मुक्त भएका हुन् ।
कैलालीका पुरुष १९ दिनपछि निको भएर घर गएका छन् भने शुक्रराजका ३२ वर्षिय पुरुष २९ दिनपछि निको भएर डिस्चार्ज हुने क्रममा रहेको देवकोटाले बताए ।
१४ चैतमा भारतबाट ब्रह्मदेवव हुँदै नेपाल आएका कैलालीका पुरुष क्वारेन्टाइनमा बसेका थिए । २२ चैतमा र्यापिड टेस्टमा पोजिटिभ देखिएपछि उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो ।
यस्तै ३२ वर्षिय धादिङका पुरुष दुबईबाट आएका थिए । उनलाई चैत १२ गते कोरोना पोजेटिभ देखिएको थियो ।
टेकु अस्पतालबाट नै यसअघि दुईजना, धनगढीस्थित सेती अस्पतालबाट दुई जना र बाग्लुङस्थित धौलागिरी अस्पतालबाट एक जना डिसचार्ज भएर घर गइसकेका छन्।
हालसम्म नेपालमा काेराेना लागेर कसैकाे मृत्यु भने भएकाे छैन। नेपाल हाल काेराेना संक्रमणकाे दोस्रो चरणमा छ । बुधबारसम्म नेपालमा काेराेना संक्रमितकाे संख्या ४५ पुगेकाे छ ।