कुवेतमा २९ जना नेपाली कोरोना संक्रमित

<p>काठमाडौं । कुवेतमा बुधबार मात्र ५ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । हालसम्म २९ जना नेपाली कोरोना संक्रमित रहेको कुवेतस्थित नेपाली दुतावासले जानकारी दिएको छ । कोरोना संक्रमित सबै नेपालीको अवस्था सामान्य रहेको दूतावास बताएको छ ।  पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दैसँगै दूतावासमा समस्या राख्ने नेपालीको संख्या बढेको छ । कुवेतमा हालसम्म [&hellip;]</p>

काठमाडौं । कुवेतमा बुधबार मात्र ५ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । हालसम्म २९ जना नेपाली कोरोना संक्रमित रहेको कुवेतस्थित नेपाली दुतावासले जानकारी दिएको छ ।

कोरोना संक्रमित सबै नेपालीको अवस्था सामान्य रहेको दूतावास बताएको छ ।  पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दैसँगै दूतावासमा समस्या राख्ने नेपालीको संख्या बढेको छ ।

कुवेतमा हालसम्म २ हजार २ सय ४८ जना कोरोना संक्रमित छन् भने १३ जनाको मृत्यु भइसकेको छ ।

Share News