काठमाडौं । विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोसले कोरोना महामारीसँग सामना गर्नका लागि दुनियाँले अझै पनि एउटा लामो बाटो तय गर्नुपर्ने बताएका छ । डा. टेड्रोसका अनुसार एकतर्फ जहाँ पश्चिमी युरोपका धेरै देशहरुमा कोरोना भाइरसको संक्रमण दर घट्दै गएको पाइएको छ भने अर्कोतर्फ अफ्रिका, मध्य र दक्षिण अमेरिका तथा पूर्वी युरोपमा प्रकोप बढ्दै गएको देखिएको छ ।
यस्ता छन् विश्वभरका प्रमुख घटना
संसारभरमा कोरोना भाइरस संक्रमितको संख्या बढेर साढे २६ लाख नजिक पुगेको छ । त्यसैगरी यस भाइरसबाट अहिलेसम्म १ लाख ८४ हजार भन्दा बढिको मृत्यु भइसकेको छ भने ७ लाख १७ हजार भन्दा बढि मानिस निको भएर घर फर्किसकेका छन् ।
कोरोना भाइरसबाट सवैभन्दा बढि प्रभावित देशहरुमध्येको स्पेनले घोषणा गरेको छ कि त्यहाँ मई महिनाको अन्तिम दुई हप्तामा लकडाउन हटाउने योजना बनिरहेको छ ।
जर्मनीले कोभिड–१९ को भ्याक्सिन मानवमा परीक्षण गर्नका लागि स्वीकृति दिएको छ । १८ वर्ष देखि ५५ वर्ष उमेरसमूहबीचका करीब २ सय जनामा यो परीक्षण गरिनेछ ।
बेलायमा अफिस फर नेशनल स्ट्याटिस्टिक्सको तर्फबाट जारी गरिएको तथ्यांकलाई आधार बनाउँदै फाइनेन्सियल टाइम्सले आशंका जाहेर गरेको छ कि बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेहरुको संख्या ४१ हजार भन्दा बढि हुन सक्छ । यी तथ्यांकको आधार यो हो कि सार्वजनिक रुपमा अस्पतालमा भएका मृत्युलाई मात्र गणना गरिएको छ जबकि त्यसका बाबजुद पनि मृत्यु हुनेको संख्या धेरै बढि हुन सक्छ ।
फ्रान्सका श्रम मन्त्री मुरिल पेनेइकुदका अनुसार देशमा काम गर्ने करीब आधा जनसंख्याले देशको अस्थायी बेरोजगारी योजनामा हस्ताक्षर गरेका छन् । निजी क्षेत्रमा काम गर्ने करीब १ करोड २० लाख मानिसले मद्दका लागि आवेदन दिएका छन् । पेनेइकुदको भनाइ छ कि हरेक दुईमध्येको एउटा कर्मचारीले तथा हरेक दशमध्येको छ कम्पनीले मद्दका लागि आवेदन दिएका छन् ।
(श्रोतः बीबीसीडटकम)