कोरोना संक्रमित बढेसँगै उदयपुरमा परीक्षण व्यवस्थाकाे माग

<p>काठमाडौं । २७ जना कोरोना संक्रमित भेटिएपछि उदयपुर जिल्लामा परीक्षण व्यवस्थाकाे माग बढेकाे छ । उदयपुरमा बसेको राजनीतिक दलहरूको बैठकपछि पर्याप्त स्वास्थ्य सामग्री उपलब्ध गराउन साथै उदयपुरमै परीक्षणको व्यवस्था मिलाउन संघिय सरकारसँग आग्रह गरेका हाे । नेकपा जिल्ला अध्यक्ष विनोद कटुवाल, नेपाली कांग्रेसका जिल्ला सभापति विदुर बस्नेत, समाजवादी पार्टीका अध्यक्ष केशव मगर र राष्ट्रिय जनता [&hellip;]</p>

काठमाडौं । २७ जना कोरोना संक्रमित भेटिएपछि उदयपुर जिल्लामा परीक्षण व्यवस्थाकाे माग बढेकाे छ ।

उदयपुरमा बसेको राजनीतिक दलहरूको बैठकपछि पर्याप्त स्वास्थ्य सामग्री उपलब्ध गराउन साथै उदयपुरमै परीक्षणको व्यवस्था मिलाउन संघिय सरकारसँग आग्रह गरेका हाे ।

नेकपा जिल्ला अध्यक्ष विनोद कटुवाल, नेपाली कांग्रेसका जिल्ला सभापति विदुर बस्नेत, समाजवादी पार्टीका अध्यक्ष केशव मगर र राष्ट्रिय जनता पार्टीका केन्द्रीय सचिव खेमनारायण यादवले संयुक्त विज्ञप्ति जारी गर्दै जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरमै परीक्षणको व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

उदयपुर डेन्जोर जोन बनेको भन्दै विशेष चासो दिएर उदयपुरमै परीक्षण हुनु पर्ने नेकपा अध्यक्ष कटुवालले बताए । संक्रमितको सम्पर्कमा आएका सबैको परीक्षण गर्नसमेत आग्रह गरेका छन् ।  कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर धरान, विराटनगर तथा काठमाडौं पठाउँदै आएकाे छ ।

Share News