काठमाडौं । कोभिड–१९ को थप दुई संक्रमितको पहिचान भएको छ ।
कोभिड–१९ सम्बन्धि नियमित प्रेस ब्रिफिङमा बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप दुई संक्रमितको पहिचान भएको बताएका हुन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएकाे पिसिअार परीक्षणमा उदपयुरकी ५५ वर्षिया महिला महिला र जनकपुरकाे १४ वर्षिय किशाेरमा काेराेना संक्रमण पुष्टि भएको हाे ।
यहीसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ४७ पुगेकाे छ जसमा ९ जना निकाे भएर घर गइसकेका छन् ।