काठमाडौं । पाटन अस्पतालमा उपचाररत दुई कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
कोभिड–१९ सम्बन्धि नियमित प्रेस ब्रिफिङमा बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दुई कोरोना संक्रमित निको भएर घर फर्किएका बताएका हुन् ।
पेप्सिकोला सनसिटी अपार्टमेन्टमा फेला परेका संक्रमित दुई आमा (८१ वर्षीय)–छोरा (५८ वर्षीय) निको भएर घर फर्किएका हुन् ।
यहीसँगै नेपालमा निकाे भएर ९ जना घर फर्किएका छन् ।