काेराेना संक्रमितमुक्त बन्याे काठमाडाैं

<p>काठमाडौं । आजदेखि काठमाडौंमा उपचारको क्रममा रहेका कोरोना संक्रमितको संख्या शुन्य भएकाे छ ।  आज पाटन अस्पतालमा उपचाररत बिरामी डिस्चार्ज भएपछि काठमाडाैंमा काेराेना संक्रमितकाे संख्या शुन्य भएकाे हाे । शुक्रराज ट्रपिकल अस्पतालका निर्देशक सागर राज भण्डारीले आज देखि काठमाडौंमा कोरोना संक्रिमतकाे संख्या शुन्य पुगेको बताएका छन् ।  ‘पाटन अस्पतालमा उपचाररत दुई जना निको भएर गईसकेका छन्,  काठमाडौंमा [&hellip;]</p>

काठमाडौं । आजदेखि काठमाडौंमा उपचारको क्रममा रहेका कोरोना संक्रमितको संख्या शुन्य भएकाे छ ।  आज पाटन अस्पतालमा उपचाररत बिरामी डिस्चार्ज भएपछि काठमाडाैंमा काेराेना संक्रमितकाे संख्या शुन्य भएकाे हाे ।

शुक्रराज ट्रपिकल अस्पतालका निर्देशक सागर राज भण्डारीले आज देखि काठमाडौंमा कोरोना संक्रिमतकाे संख्या शुन्य पुगेको बताएका छन् ।  ‘पाटन अस्पतालमा उपचाररत दुई जना निको भएर गईसकेका छन्,  काठमाडौंमा कोरोना संक्रमितको संख्या शुन्य पुगेकाे छ,’ उनले भने ।

काठमाडौंमा ५ जना कोरोना संक्रमितको उपचार भएको थियो । टेकु अस्पतालमा तीन जना र पाटन अस्पतालमा दुई जना संक्रिमतको उपचार भईरहेको भए पनि उनीहरू निकाे भएर घर फर्किसकेकाे टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा.अनुप बास्तोलाले बताए ।

सबै संक्रमित निको भएर घर फर्किसकेको अवस्थामा एक प्रकारको आनन्द महसुुस भएको बास्तोला बताउँछन् । आफुहरु थप आउन सक्ने चरणको लागि तयारी गरिरहेको उनले जानकारी दिए ।

हालसम्म नेपालमा ४७ जना काेराेना संक्रिमत  पुष्टि भएका छन् । जसमा ९ जना निकाे भएर घर फर्किसकेका छन् ।

आज मात्रै थप दुई जनामा काेराेना देखिएकाे छ । काठमाडाैंमा नयाँ काेराेनाका बिरामी नदेखिए पनि काठमाडाैं बाहिर भने दैनिक बढ्दै गएका छन् ।

Share News