सुदूरपश्चिममा चौथो संक्रमित महिलाले पनि जितिन् काेराेना

<p>काठमाडाैं । सुदूरपश्चिममा चौथो कोरोना संक्रमित पनि कोरोनालाई जितेर घर फर्किएकी छन् । कैलालीको लम्की चुहा नगरपालिका वडा नम्वर १ कि महिला आज सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी हुन्। उनको पनि लगातार दुई पटक रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालले बताएकाे छ । उनी विरगञ्जबाट आएर १२ दिन क्वारेन्टाईनमा बसेकी थिईन् भने बैशाख १ [&hellip;]</p>

काठमाडाैं । सुदूरपश्चिममा चौथो कोरोना संक्रमित पनि कोरोनालाई जितेर घर फर्किएकी छन् । कैलालीको लम्की चुहा नगरपालिका वडा नम्वर १ कि महिला आज सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी हुन्।

उनको पनि लगातार दुई पटक रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालले बताएकाे छ । उनी विरगञ्जबाट आएर १२ दिन क्वारेन्टाईनमा बसेकी थिईन् भने बैशाख १ गते कोरोना पुष्टि भएको थियो।

योसंगै सुदूरपश्चिम प्रदेशमा चार जना कोरोनालाई जितेर घर फर्किएका छन्। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुष, लम्कीका २१ बर्षीय युवक र कञ्चनपुर बेदकोटका ४१ बर्षीय पुरुष यसअघि नै घर फर्किसकेका छन्। अव धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला मात्रै सेती अस्पतालको आईसोलेसनमा उपचाररत छिन्।

Share News