काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको भ्याक्सिन बन्नमा सफलता प्राप्त हुन लागेको बताएका छन् ।
‘हामी भ्याक्सिन हासिल गर्नमा निक्कै नजिक छौं,’ राष्ट्रपति ट्रम्पले भनेका छन् ।
उनको यस्तो भनाइ आएपनि संसारका धेरैजसो विशेषज्ञहरु भने कोरोनासँग सम्बन्धित कुनैपनि भ्याक्सिन उपलब्ध हुनका लागि १२ देखि १८ महिनासम्मको समय लाग्न सक्छ भन्दै आइरहेका छन् ।
कोरोना भाइरसः विश्वका प्रमुख घटना
संसारभरमा कोरोना भाइरस संक्रमितको संख्या २७ लाख नाघेको छ । कोरोना भाइरसबाट अहिलेसम्म १ लाख ९० हजारभन्दा बढिको मृत्यु भइसकेको छ ।
युरोपियन युनियनका नेताहरुले कोरोना महामारीको कारण लडखडाएको युरोपको अर्थव्यवस्थालाई उकास्नका लागि अरबौं रुपैयाँको आपतकालिन सहायताको योजनामा सहमति जनाएका छन् । कोरोना भाइरसको कारणबाट हुने वाला आर्थिक नोक्सानीलाई कम गर्नका लागि १ जुनबाट त्यहाँ अवस्थित प्रणाली मार्फत् ५ सय ४० अर्ब युरोको वित्तीय सहायता जारी गरिनेछ ।
अमेरिकामा संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा ४ सय ८४ अर्ब डलरको एउटा नयाँ राहत प्याकेजसँग जोडिएको बिल पास भएको छ । यसको उद्देश्य भनेको साना व्यवसायीहरुलाई कर्जा दिने र त्यसैगरी हस्पिटलहरु तथा कोरोना भाइरसको परीक्षणका लागि थप धनराशी उपलब्ध गराउने छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले युरोपमा कोरोना संक्रमणबाट भएका करीब ५० प्रतिशत मृत्यु केयर होम्समा भएकोमा चिन्ता व्यक्त गरेको छ ।
ब्रिटेनका स्वास्थ्य मन्त्री म्याट हैनकोकले बिहीवार ब्रिफ्रिंगको वेला मिडियालाई बताएका छन् कि कोरोना भाइरस संक्रमित मानिसहरुको पहिचानका लागि १८ हजार मानिसहरुलाई नोकरीमा राखिनेछ ।
चीनले विश्व स्वास्थ्य संगठनलाई ३ करोड डलरको अतिरिक्त फण्ड दिने घोषणा गरेको छ । चीनको यो फैसला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संगठनलाई अमेरिकाले दिने सहायता कटौति गर्ने फैसलाभन्दा पछि आएको हो । ट्रम्पले कोरोना महामारीसँग जोडिएका जानकारीहरु सही समयमा नदिएको आरोप डब्लूएचओ माथि लगाउँदै फण्ड रोक्ने घोषणा गरेका थिए ।
युरोपको अक्सफोर्ड युनिभर्सिटीमा कोरोना भ्याक्सिनको मान्छेमा ट्रायल शुरु भएको छ । यो अध्ययनका लागि चुनिएका कूल ८ सय जनामध्ये पहिलो २ जनालाई इन्जेक्शन लगाइएको छ ।
(श्रोतः बीबीसीडटकम)