काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यका कोरोना बिरामी मुक्त हुँदा खुसी लागेको बताएका छन् ।
शुक्रबार बिहान एक ट्वीट गर्दा काठमाडौंमा कोरोनाका बिरामी नभएकोले आफु धेरै खुसी भएको बताएका छन् ।
उनले भनेका छन्, ‘कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सन्चो हुनुभएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना विरामी मुक्त भएकोमा सन्तोष लागेको छ, डिस्चार्ज भएका सबैको फेरि एक पटक सुस्वास्थ्यको कामना गर्दछु।’
हालसम्म नेपालमा ४८ जनामा कोरोना देखिएको छ भने १० जना निको भएर घर फर्किसकेका छन् ।
काठमाडाैंमा काेराेनाकाे उपचारको क्रममा रहेका बिरामीहरू निकाे भएर घर फर्किए सँगै काठमाडाैं काेराेना बिरामीमुक्त भएकाे हाे । बिहिबार पाटन अस्पतालमा उपचाररत बिरामी डिस्चार्ज भएपछि काठमाडाैंमा काेराेना संक्रमितकाे संख्या शुन्य भएकाे हाे
‘पाटन अस्पतालमा उपचाररत दुई जना निको भएर गईसकेका छन्, काठमाडौंमा कोरोना संक्रमितको संख्या शुन्य पुगेकाे छ हाे । काठमाडौंमा ५ जना कोरोना संक्रमितको उपचार भएको थियो । टेकु अस्पतालमा तीन जना र पाटन अस्पतालमा दुई जना संक्रिमतको उपचार भईरहेको भए पनि उनीहरू निकाे भएर घर फर्किसकेकाे टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा.अनुप बनस्तोलाले बताए ।