काठमाडौं । भोजपुराको कोरोना (कोभिड–१९) संक्रमित २६ वषिर्य पुरुष फागुन ३० गते नेपाल आएका थिए ।
कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भोजपुराको ४८ औं कोरोना संक्रमित पुरुष फागुन ३० गते नेपाल आएकाे बताएका हुन् ।
उनी हिमालयन एयरलाईन्सबाट फागुन ३० गते साउदीबाट नेपाल आएका देवकाेटाले बताए । उनी काठमाडौंबाट उदयपुरमा केही दिन बसेकाे र त्यसपछि भाेजपुर गएका थिए ।
उनीसँग उदयपुरमा संम्पर्कमा आएकाे सबैकाे नमुना संकलन भइसकेकाे उनले बताए ।
उनी हाल हतुवागढीमा चिकित्सककाे निगरानीमा रहेकाे र विराटनागर ल्याउने तयारी भईरहेकाे देवकाेटाले जानकारी दिए ।
भाेजपुरमा आरडिटी पाेजेटिभ देखिएपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर विधीबाट जाँच गर्दा उनमा बिहीबार साँझ काेराेना पाेजेटिभ देखिएकाे हाे ।
नेपालमा कोरोना संक्रमितको संख्या ४८ रहेकाे छ जसमध्ये १० जना निकाे भएर घर गइसकेका छन् ।
हालसम्म नेपालमा ९ हजार ४ सय ७ जनाकाे पिसिआर विधीबाट र ३८ हजार ८७ जनाकाे आरडिटी विधीबाट परीक्षण भएकाे छ ।