आज चारजना संक्रमित निको भएर घर फर्किए: डा. विकास देवकोटा

<p>काठमाडौं । कोरोनाभाईरस (कोभिड–१९) को ४ जना संक्रमित निको भएर घर फर्किएका छन् । कोभिड–१९ सम्बधि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ४ जना संक्रमित निको भएर घर फर्किएको बताएका हुन् । १९ वर्षिय पुरुष १२ दिनपछि र अन्य ३ पुरुष दिनपछि निको भएर घर फर्किएका हुन् । यहीसँगै नेपालमा काेराेना जितेर घर फर्किनेकाे संख्या [&hellip;]</p>

काठमाडौं । कोरोनाभाईरस (कोभिड–१९) को ४ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

कोभिड–१९ सम्बधि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ४ जना संक्रमित निको भएर घर फर्किएको बताएका हुन् ।

१९ वर्षिय पुरुष १२ दिनपछि र अन्य ३ पुरुष दिनपछि निको भएर घर फर्किएका हुन् । यहीसँगै नेपालमा काेराेना जितेर घर फर्किनेकाे संख्या १६ पुगेकाे छ ।

आइतबारसम्म नेपालमा काेराेना संक्रमितकाे  संख्या ५१ रहेकाे  छ । हाल देशभर १७ हजार २५ जना क्वारेन्टीनमा रहेका छन् भने आइसाेलेसनमा १ सय १० रहेका छन् ।

हालसम्म  पिसिआर र आरडिटी विधिबाट ५१ हजार ३ सय ६६ वटा परीक्षण भएकाे छ ।

Share News