कुवेतमा थप ६ जना नेपाली काेराेना संक्रमित, १५ सयभन्दा बढीकाे ट्राभल डकुमेन्ट तयार

<p>काठमाडौं । कुवेतमा पछिल्लो २४ घण्टामा ६ जना नेपाली कोरोना भाइरस संक्रमित भएका छन् । हालसम्म ५१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको कुवेत स्थित नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले बताएका छन् । त्यस्तै कुवेतस्थित नेपाली दुतावासले ४ दिनमा अवैधानिक रुपमा बसेका एक हजार पाँच सयभन्दा बढी नेपालीको ट्राभल डकुमेन्ट तयार गरेको जानकारी दिएकाे छ । [&hellip;]</p>

काठमाडौं । कुवेतमा पछिल्लो २४ घण्टामा ६ जना नेपाली कोरोना भाइरस संक्रमित भएका छन् । हालसम्म ५१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको कुवेत स्थित नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले बताएका छन् ।

त्यस्तै कुवेतस्थित नेपाली दुतावासले ४ दिनमा अवैधानिक रुपमा बसेका एक हजार पाँच सयभन्दा बढी नेपालीको ट्राभल डकुमेन्ट तयार गरेको जानकारी दिएकाे छ । २५ अप्रिल देखि नेपाल लगायत अन्य देशका अवैधानिक बसेका नागरिकलाई जरिवाना छुट्, गन्तव्य मुलुकसम्म निशुल्क टिकटको व्यवस्था कुवेत सरकारले शुरु गरेको हो ।

पछिल्ला दिनमा कोरोना संक्रमित बढ्दै गएसँगै नेपालीमा स्वदेश फर्किने चाहना बढ्दै गएकाे र लकडाउन खुलेसँगै धेरै नेपाली घर फर्किने देखिएकाे राजदुत भण्डारी जानकारी दिए ।

७० हजार नेपाली कामदार रहेको कुवेतमा करिब ७ हजार नेपाली अवैधानिक रुपमा बस्दै आएको दूतावासले जानकारी दिएको छ । अप्रिल एक तारिक देखि कुवेत सरकारले अवैधानिक रुपमा बसेका सबै देशका नागरिकलाई आममाफी घोषणा गरेको थियो ।

Share News