काठमाडौं । बहराइनमा मंगलवार ७७ जना नेपाली कामदार कोरोना भाइरस (कोभिड १९ ) बाट संक्रमित भएका छन् । यसअघि त्यहाँ ४९ जनामात्र संक्रमित रहेका थिए । बहराइनस्थित नेपाली दूतावासका अनुसार एउटा सुपरमार्केट र ३ वटा फरक फरक कम्पनीमा काम गर्ने नेपाली कामदारहरुलाई संक्रमण देखिएको मंगलबार पुष्टी भएको जानकारी दिएको छ ।
३५ हजार नेपाली कार्यरत बहराइनमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १२६ जना पुगेको छ । बहराइनमा कुल २ हजार ८ सय १० जना संक्रमित रहेका छन् ।
बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले संक्रमित नेपाली कामदारहरुलाई अन्य कामदारबाट अलग्याउने काम भइरहेको जानकारी दिदै अवस्था संवेदनशील रहेका बताए ।
मंगलबार मात्रै त्यहाँ ८७ जना संक्रमित थपिएका हुन । अहिलेसम्म त्यहाँ कोरोनाबाट ८ जनाको मृत्यु भइसकेको छ । बहराइनमा हालसम्म २ हजार ८ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
