काे हुन् आज देखिएका ३ काेराेना संक्रमित ?

<p>काठमाडाैं । नेपालमा थप तीन जनामा कोरोना संक्रमण देखिएकाे छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमाको थप तीन जनामा कोरोना संक्रमण देखिएकाे हाे ।  उनीहरु ५०ऽ ४६ र ३१वर्षका पुरुष हुन् । टेकु अस्पताल स्रोतका अनुसार तीनमध्ये दुई जना संक्रमित बारा र एक जना वीरगन्जका रहेका छन्। उनीहरु तीनैजना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना [&hellip;]</p>

काठमाडाैं । नेपालमा थप तीन जनामा कोरोना संक्रमण देखिएकाे छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमाको थप तीन जनामा कोरोना संक्रमण देखिएकाे हाे ।  उनीहरु ५०ऽ ४६ र ३१वर्षका पुरुष हुन् ।

टेकु अस्पताल स्रोतका अनुसार तीनमध्ये दुई जना संक्रमित बारा र एक जना वीरगन्जका रहेका छन्। उनीहरु तीनैजना पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ जसमा १६ जना निको घर फर्किसकेका छन् । उनीहरु तीनैजना यसअघि वीरगन्ज–१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए ।  संक्रमित सबैलाई नारायणी अस्पताल लैजाने तयारी हुँदै छ ।

 

Share News