कोरोना संक्रमणः यस्तो छ अहिले विहान सम्मको ताजा तथ्यांक

<p>काठमाडौं । नेपाली समय अनुसार अहिले विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ३२ लाख १६ हजार ८ सय ८ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख २७ हजार ९ सय ६ जनाको मृत्यु भइसकेको छ भने ९ लाख ९९ हजार २ सय ३१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । [&hellip;]</p>

काठमाडौं । नेपाली समय अनुसार अहिले विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ३२ लाख १६ हजार ८ सय ८ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख २७ हजार ९ सय ६ जनाको मृत्यु भइसकेको छ भने ९ लाख ९९ हजार २ सय ३१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ६१ हजार ६ सय १८ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १० लाख ६३ हजार ३ सय ५१ रहेको छ ।

त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ३३ हजार ६२ पुगेको छ भने अहिलेसम्म १ हजार ७९ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ५७ जना संक्रमित भएका छन् भने १६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
(तथ्यांक साभार : वल्डोमिटर)

Share News