क्वारेन्टिनमा बसेका महिलाले स्तनपान गराउन मिल्छ कि मिल्दैन ?

<p>काठमाडौं । २ वर्षसम्मका शिशुलाई पुर्णरुपमा स्तनपान गराउनुपर्ने स्वास्थ्य विशेषज्ञहरुले बताउँदै आएका छन् । हाल कोरोनाभाईरास कारण क्वारेन्टिनमा बसेका महिलाहरुले स्तनपान गराउन मिल्छ कि मिल्दैन भन्ने एउटा ठुलो प्रश्न रहेको छ । तर हालसम्म स्तनपान गराउँदा कोरोनाभाईरस सर्ने कुनै पनि अध्यनले नदेखाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा बताउँछन् । उनी भन्छन्, हालसम्म [&hellip;]</p>

काठमाडौं । २ वर्षसम्मका शिशुलाई पुर्णरुपमा स्तनपान गराउनुपर्ने स्वास्थ्य विशेषज्ञहरुले बताउँदै आएका छन् ।

हाल कोरोनाभाईरास कारण क्वारेन्टिनमा बसेका महिलाहरुले स्तनपान गराउन मिल्छ कि मिल्दैन भन्ने एउटा ठुलो प्रश्न रहेको छ ।

तर हालसम्म स्तनपान गराउँदा कोरोनाभाईरस सर्ने कुनै पनि अध्यनले नदेखाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा बताउँछन् ।

उनी भन्छन्, हालसम्म स्तनपान गराउँदा कोरोना सर्छ भन्ने कुनै प्रमाण भेटिएको छैन । तर कोरोनाभाईरसका कुनै पनि लक्ष्ण देखाएका महिलाहरुले स्तनपान गराउँदा ध्यान धने दिनपर्छ । ’
कोरोनाभाईरसका लक्ष्ण देखाएका महिलाहरुले स्तनपान गराउनुभन्दा अगाडि साबुनपानीले मिचि मिचि २० मिनेटसम्म हात धुने, स्तनपान गर्दा मास्क लगाउने जस्ता उपायहरु अपनाउन सक्ने देवकोटा बताउँछन् ।

यस्तै गम्भिर अवस्था भएका महिलाहरुको हकमा भने उनको दुध निकालेर बच्चालाई चम्चाले खुवाउन सक्ने देवकोटाले बताए ।

Share News