काठमाडाैं । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा जेठ अन्तिममा गर्न सिफारिस गरिएकाे छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले एसईई जेठ अन्तिम साता गर्न सिफारिस गरेको छ ।
कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको प्रतिवेदनमा २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्तिम साताबाट एसईई परीक्षा गर्न सकिने उल्लेख छ ।
परीक्षाा असार १५ सम्म सक्न सिफारिस गरिएकाे छ । साथै एसईई र कक्षा १२ को परीक्षा एउटै समय दुई सिफ्टमा गर्न पनि सिफारिस गरेको छ ।
यस्तै, परीक्षाको नतिजा ६९ दिनको साटो ४५ दिनभित्र प्रकाशित गर्न सकिने कार्यदलको निश्कर्ष छ । कार्यदलकाअनुसार कक्षा ११ को परीक्षा भने केही समयपछि मात्र सञ्चालन गर्दा हुन्छ ।
त्यस्तै, कक्षा १ देखि ९ सम्मको बार्षिक परीक्षाको नतिजा भने चैत २५ गतेभित्र प्रकाशित हुने भएको छ । शिक्षा मन्त्रालयले प्रदेशको सामाजिक विकास मन्त्रालयहरुका साथै निजी विद्यालयहरुको छाता संगठनहरुलाई पनि सकेसम्म चाँडो नतिजा प्रकाशित गर्न आग्रह गरेको छ । त्यही अुनसार साे परीक्षाकाे नतिजा निकाल्ने तयारी भइरहेकाे छ ।