काठमाडौं । नेपाली समय अनुसार अहिले विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ३३ लाख ४ हजार १ सय ४० पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ३३ हजार ८ सय २९ जनाको मृत्यु भइसकेको छ भने १० लाख ३९ हजार ५५ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ६३ हजार ८ सय ५६ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १० लाख ९५ हजार १९ रहेको छ ।
त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ३४ हजार ८ सय ६३ पुगेको छ भने अहिलेसम्म १ हजार १ सय ५४ जनाको मृत्यु भइसकेको छ ।
नेपालमा अहिलेसम्म ५७ जना संक्रमित भएका छन् भने १६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
(तथ्यांक साभार : वल्डोमिटर)