काे हुन् आज भेटिएका बाँके र रुपन्देहीका काेराेना संक्रमित ?

<p>काठमाडौं । आज भेटिएको बाँकेका र रुपन्देहीका कोरोना संक्रिमत ६० र २५ वर्षिय पुरुषहरु रहेका छन् । कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज भेटिएको बाँकेका र रुपन्देहीका कोरोना संक्रिमत ६० र २५ वर्षिय पुरुषहरु रहेको बताएका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रुपन्देहीको संक्रमित र भेरी अस्पतालमा बाँकेको संक्रमितको कोरोना पुष्टि भएको [&hellip;]</p>

काठमाडौं । आज भेटिएको बाँकेका र रुपन्देहीका कोरोना संक्रिमत ६० र २५ वर्षिय पुरुषहरु रहेका छन् ।

कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज भेटिएको बाँकेका र रुपन्देहीका कोरोना संक्रिमत ६० र २५ वर्षिय पुरुषहरु रहेको बताएका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रुपन्देहीको संक्रमित र भेरी अस्पतालमा बाँकेको संक्रमितको कोरोना पुष्टि भएको हो ।

बाँकेका ६० वर्षिय पुरुषलाई बाँकेको शुशिल कोईराला क्यानसर प्रखर अस्पतालमा ल्याउँदै गरेको देवकोटाले बताए । रुपन्देहीका २५ वर्षिय युवा बैशाख ५ गते भारतबाट आएका थिए । उनलाई बुटवलको कोरोना विशेष अस्थायी अस्पताल ल्याइएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या ५९ पुगेको छ जसमा १६ जना निकाे भएर घर गईसकेका छन् । संक्रमितमा ४९ जना पुरुष र १० जना महिला रहेका छन् ।

हालसम्म पिसिआर विद्यिबाट १२ हजार ५ सय ७७ वटा  र आरडिटी विद्यिबाट  ४७ हजार ७ सय ९७ वटा  परीक्षण भएकाे छ ।  यस्तै नेपालभर २४ हजार ९ सय ७ जना क्वारेनि्टनमा र ९५ जना अाईसाेलेसन छन् ।

 

 

Share News