कोरोना संक्रमण भएर निको भएका युवक फेरि अस्पताल भर्ना

<p>काठमाडौं। कोरोना भाइरस संक्रमण भएर निको भएका युवक फेरि अस्पताल भर्ना भएका छन् । रौतहटको ईशनाथ नगरपालिकाका १९ वर्षीय युवक काेराेना संक्रमणमुक्त भएको भन्दै एकसाता अघि डिस्चार्ज गरिएकोमा उनमा थप शंकाष्पद लक्षणहरू देखिएपछि फेरी अस्पताल भर्ना गरिएको छ। शंकाष्पद लक्षण देखिएपछि उनलाई पुन: नारायणी उप-क्षेत्रीय अस्पताल विरगञ्जको आइसोलेसन वार्डमा भर्ना गरिएको अस्पतालले जनाएको छ। ती युवकलाई २० [&hellip;]</p>

काठमाडौं। कोरोना भाइरस संक्रमण भएर निको भएका युवक फेरि अस्पताल भर्ना भएका छन् । रौतहटको ईशनाथ नगरपालिकाका १९ वर्षीय युवक काेराेना संक्रमणमुक्त भएको भन्दै एकसाता अघि डिस्चार्ज गरिएकोमा उनमा थप शंकाष्पद लक्षणहरू देखिएपछि फेरी अस्पताल भर्ना गरिएको छ।

शंकाष्पद लक्षण देखिएपछि उनलाई पुन: नारायणी उप-क्षेत्रीय अस्पताल विरगञ्जको आइसोलेसन वार्डमा भर्ना गरिएको अस्पतालले जनाएको छ। ती युवकलाई २० वैशाख साँझ घरबाट नारायणी अस्पताल ल्याइएको हो। अस्पतालमा उपचाररत अर्का एक जना भारतीय व्यक्तिसँगै संक्रमणमुक्त भएको भन्दै उनीहरू दुवै जनालाई १४ वैशाखमा डिस्चार्ज गरिएको थियो।

१ वैशाखमा कोरोना संक्रमण देखिएपछि अस्पतालको आइसोलसन वार्डमा उपचाररत रहेका ती व्यक्तिमा १० र १३ वैशाखका परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनलाई १४ वैशाखमा डिस्चार्ज गरिएको थियो। अस्पतालबाट डिस्चार्ज भएपछि उनी आफन्तसँग बस्दै आएका थिए ।

Share News