थप १० जनामा काेराेना संक्रमण भएकाे पुष्टि, संक्रमितकाे संख्या ६९ पुग्याे

<p>काठमाडौं । नेपालमा एकै दिन थप १० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण भएको पुष्टी भएको छ । वीरगञ्ज र नेपालगञ्जमा गरी थप १० जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता डा. विकास देवकोटाले १० जनामा व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको जानकारी दिए। वीरगञ्जमा १ जना र [&hellip;]</p>


काठमाडौं । नेपालमा एकै दिन थप १० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण भएको पुष्टी भएको छ । वीरगञ्ज र नेपालगञ्जमा गरी थप १० जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता डा. विकास देवकोटाले १० जनामा व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको जानकारी दिए। वीरगञ्जमा १ जना र नेपाल गञ्जमा ९ जनामा कोरोना संक्रमण भएको हो। यो सँगै जम्मा ६९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

आइतबार मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा थप १० जनामा संक्रमण पुष्टी भएको जानकारी दिइयो । यसअघि नेपालमा ५९ जनामा संक्रमण पुष्टी भएको थियो भने १६ जना उपचारपछि घर फर्किसकेका छन् ।

आइतबार दिउँसो ४ बजेर १५ मिनेट जाँदासम्म २१ हजार ९ सय ५१ जना क्वारेन्टाइनमा र ७७ जना आइसोलेसनमा रहेको समेत डा. देवकोटाले बताए। हाल सबैभन्दा बढी विराटनगरस्थित कोसी अस्पतालमा ३१ जना संक्रमितको उपचार भइरहेको छ।

 

Share News