काठमाडाैं । नेपालमा थप ६ जनामा काेराेना भाइरस देखिएकाे छ । अहिले नेपालगञ्जमा ६ जनामा कोरोना पुष्टि भएसँगै आज मात्रै १६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
आजै (आइतबार) यसअघि १० जना भेटिएको नेपालगञ्जमा थप ६ जनामा कोरोना पुष्टि भएको छ। यो सहित आजै नेपालगञ्जमा १५ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिए।
याे सहित देशभर संक्रमितकाे संख्या ७५ पुगेकाे छ। यसअघि नेपालगन्जमा ९ र पर्सामा १ गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियाे।