काठमाडौं । अहिले विहान सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ३५ लाख ६२ हजार २ सय ६१ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ४८ हजार ९४ जनाको मृत्यु भइसकेको छ भने ११ लाख ५३ हजार ७१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ६८ हजार ५ सय ६६ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने ११ लाख ८७ हजार २ सय ३३ रहेको छ ।
त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ४२ हजार ५ सय ५ पुगेको छ भने अहिलेसम्म १ हजार ३ सय ९१ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ७५ जना संक्रमित भएका छन् भने १६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
(तथ्यांक साभार : वल्डोमिटर)