नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष राईको मृत्यु

<p>काठमाडौं । नर्सिङ सेवामा ६० वर्ष बिताएकी नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष प्रा विष्णु राईको मृत्यु भएको छ । सोमबार बिहान उपचारको क्रममा वीर अस्पतालमा उनको मृत्यु भएको हो । एक साताअघि स्वास्थ्यमा समस्या आएपछि वीर अस्पतालमा भर्ना भएकी वीर अस्पतालले जानकारी दिएको छ ।  राई मिर्गौला रोगी रहेको र उनले नियमित डायलासिस गराउँदै आएकी [&hellip;]</p>

काठमाडौं । नर्सिङ सेवामा ६० वर्ष बिताएकी नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष प्रा विष्णु राईको मृत्यु भएको छ । सोमबार बिहान उपचारको क्रममा वीर अस्पतालमा उनको मृत्यु भएको हो ।

एक साताअघि स्वास्थ्यमा समस्या आएपछि वीर अस्पतालमा भर्ना भएकी वीर अस्पतालले जानकारी दिएको छ ।  राई मिर्गौला रोगी रहेको र उनले नियमित डायलासिस गराउँदै आएकी अस्पताल स्रोतले जनाएको छ ।

गत मंगलबार घरमा लडेपछि उनलाई वीर अस्पताल भर्ना गरिएको थियो। मस्तिष्कमा रक्तश्राव भएकोले उनलाई भेन्टिलेटरमा राखिएको थियो अस्पतालले जानकारी दिएकाे छ । पछिल्लाे समय राई हिमालय नर्सिङ क्याम्पसमा कन्सल्टेन्टको रुपमा कार्यरत थिइन्।

Share News