काठमाडौं । मानिसमा सिधै किटनाशक छर्नु घातक हुने स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. विकास देवकोटाले बताएका छन् ।
कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा देवकोटाले मानिसमा सिधै किटनाशक छर्नु घातक हुने बताएका हुन् ।
कोरोनाभाईरसको संक्रमणलाई कम गर्ने भन्दै केही दिनएता मानिसहरुमा पनि किटनाशक झोल केमिकल प्रयोग गरिएको देखिएको थियो ।
यसरी जथाभावी किटनाशक छर्दा मानिसको आँखा, नाक, छालामा असर पर्ने देवकोटा बताउँछन् । शरीरमा यस्ताे केमिकल छर्दा भाइरस नमर्ने तर भुई र सतहहरुलाई निसंक्रमण गराउन मद्धत गर्ने उनले बताए ।
देवकाेटा भन्छन्, ‘यसकाे सही प्रयोग नगर्दा श्वास प्रश्वासमा समेत गम्भिर समस्या आउने गर्दछ । ‘