काठमाडौं । उपचारको क्रममा रहेको ५९ जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. विकास देवकोटाले उपचारको क्रममा रहेका सबै कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका हुन् ।
हाल १६ जना उपचारपछि निको भएर घरभएसँगै ५९ जना कोरोना संक्रमित उपचारको क्रममा छन् ।
यि उपचाररत ५९ जनामा बिराटनगरमा ३१ जना, नेपालगंजमा १६ जना, विरगंजमा ९ जना, रुपन्देही, भरतपुर र धनगढीमा एक एकजना रहेका छन् । यि सबैको उक्त क्षेत्रको कोरोना तथा प्रादेशिक अस्पतालमा उपचार भईरहेको देवकोटाले बताए ।
कुल नेपालमा देखिएको कोरोना संक्रमितको संख्या भने आईतबार ७५ पुगेको छ । एकैदिनमा १६ जनामा कोरोना पुष्टि भएसँगै कोरोना संक्रमितको नेपालमा संख्या ७५ पुगेको हो ।
कुल संक्रमितमा ५८ जना पुरुष र १७ जना महिला रहेका छन् । कुल संक्रमितमा प्रदेश नं १ मा ३१ जना, प्रदेश नं २ मा १३ जना, बागमती प्रदशमा ७ जना, गण्डकीमा २ जना, प्रदेश ५ मा १७ जना, सुदुरपश्चिम प्रदेशमा ५ जना र कर्णाली प्रदेशमा ० रहेको छ ।
हालसम्म मात्र १३ हजार ६ सय ४० वटा पिसिआर विधि र ५० हजार ८ सय ७५ वटा आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको छ । देशभर २१ हजार ५ सय २३ जना क्वारेन्टिनमा रहेका छन् भने १ सय ६ जना आईसोलेसनमा रहेका छन् ।