धनगढीमा मास्कमा कालाेबजारी र म्याद नाघेका औषधी बेच्ने दुई फार्मेसीलाई जरिवाना

<p>काठमाडाैं । मास्कमा कालोबजारी गर्ने कैलालीकाे  हिमाल फार्मेसीलाई दुई लाख रुपैँया जरिवाना गरिएको छ। साेमबार आपूर्ती वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालय धनगढीकाे टाेलीले मास्कमा तोकिएको भन्दा बढि मूल्य असुलेर बिक्रि वितरण गरी कालोबजारी गरिएको भेटिएपछि कारवाही स्वरुप जरिवाना गरिएको हो। यस्तै, धनगढीमै म्याद नाघेकाे औषधी बेच्ने एक मेडिकल कारबाहीमा परेकाे छ । धनगढी स्थित चौराहमा रहेको सरोज मेडिकल [&hellip;]</p>

काठमाडाैं । मास्कमा कालोबजारी गर्ने कैलालीकाे  हिमाल फार्मेसीलाई दुई लाख रुपैँया जरिवाना गरिएको छ। साेमबार आपूर्ती वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालय धनगढीकाे टाेलीले मास्कमा तोकिएको भन्दा बढि मूल्य असुलेर बिक्रि वितरण गरी कालोबजारी गरिएको भेटिएपछि कारवाही स्वरुप जरिवाना गरिएको हो।

यस्तै, धनगढीमै म्याद नाघेकाे औषधी बेच्ने एक मेडिकल कारबाहीमा परेकाे छ । धनगढी स्थित चौराहमा रहेको सरोज मेडिकल हलले म्याद नाघेको औषधी पाँच महिनापछि पनि बिक्रि गरेको पाइएपछि जरिवाना गरिएकाे हाे । साे मेडिकल २० हजार जरिवानामा परेकाे हाे।

वाणिज्य आपुर्ती तथा उपभोक्ता हित संरक्षण कार्यालय धनगढीकाे टाेलीले  बजार अनुगमनका क्रममा मेडिकलले कानुन विपरीत म्याद गुज्रेका औषधी बिक्रि गरी विल समेत जारी नगरेको भेटिएपछि जरिवाना गरिएको जानकारी दिइएकाे छ ।

 

Share News