काठमाडाैं । कैलालीकाे धनगढीमा काेराेनाकाे शंकामा चारजनालाई अस्पतालमा भर्ना गरिएकाे छ । जिल्लाकाे सेती प्रादेशीक अस्पतालकाे आइसोलेसनमा चार जना शंकास्पद विरामी थपिएका छन्।
दुई दिनको अवधीमा कैलाली, कञ्चनपुर र कालिकोटका चार जनालाई कोरोना आशंकामा अस्पतालाको आइसाेलेसन राखिएको हो।
कैलालीको जिल्लाको गौरीगंगा नगरपालिकाको मसुरीयाका ३२ बर्षीय पुरुष र उनकी ८ बर्षकी छोरीलाई पनि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। दुवैमा रुघाखोकी र ज्वरो आएपछि अस्पतालको आईसोलेसनमा राखिएको प्रादेशिक अस्पतालले जनाएको छ।
दुबै जनाको आन्तरिक ट्राभल हिस्ट्री मात्रै रहेको अस्पताल जनाएको छ। दुबै जनाको थ्रोट स्वाब संकलन गरी कोरोना परीक्षणका लागि धनगढीस्थित प्रयोगशालामा पठाईएको छ।