बबरमहलकाे सफ्टवेयर कम्पनीबाट ६३ कार्टुन पिपिई खरिद

<p>काठमाडौं । काठमाडौंको बबरमहलमा रहेको सफ्टवेयर कम्पनी इ-ज्ञानकुन्ज एजुकेसन सिस्टम प्राइभेटमा लुकाएर राखेको ६३ कार्टुन पिपिई भेटिएको छ । करीब १० लाख रुपैयाँ बराबरको उक्त पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) सामग्री लुकाएर राखेको सामान आँखु इन्टरप्राईजेज बालाजुको रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खरिद गरेको जनाएको छ। पञ्जा, चस्माका सामाग्रीमा लुकाएर राखिएका सो पिपिईको मूल्य [&hellip;]</p>

काठमाडौं । काठमाडौंको बबरमहलमा रहेको सफ्टवेयर कम्पनी इ-ज्ञानकुन्ज एजुकेसन सिस्टम प्राइभेटमा लुकाएर राखेको ६३ कार्टुन पिपिई भेटिएको छ । करीब १० लाख रुपैयाँ बराबरको उक्त पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) सामग्री लुकाएर राखेको सामान आँखु इन्टरप्राईजेज बालाजुको रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खरिद गरेको जनाएको छ।

पञ्जा, चस्माका सामाग्रीमा लुकाएर राखिएका सो पिपिईको मूल्य ८ देखि १० लाख रुपैयाँ बराबर रहेको अनुमान रहेको विभागको बजार अनुगमन शाखा निर्देशक सागर मिश्र बताए । उजुरी आएपछि विभागले आँखु इन्टरप्राइजेजले चीनबाट ल्याएको ती सामानको तातोपानी नाकाबाटै ट्रयाकिङ थालेको थियो।

‘तातोपानीबाट सामान ल्याएर सप्लायरले कहाँ राखेको छ ? कसलाई बेच्दैछ भनेर अनुसन्धान गर्दै जाँदा लुकाएर राखेको अवस्थामा भेटिएको हो,’ निर्देशक मिश्रले भने। अनसन्धानका क्रममा पिपिई सामग्री लुकाई भण्डारण गरी बिक्री वितरण गरेको भेटिएपछि ती सामाग्रीहरु सोही ठाउँमा सिलबन्दी गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको हो।

लुकाएर राखिएको सामान विभागले सिलबन्दी गरेपछि आखुँ इन्टरप्राइजेजको एक जना प्रतिनिधिमात्रै विभागको सम्पर्कमा आएका विभागले जनाएको छ ।

Share News