सनसिटी अपार्टमेन्टका पुन: कोरोना संक्रमित पाटन अस्पतालकाे आईसोलेसनमा

<p>काठमाडौँ । सनसिटी अपार्टमेन्टका पुन: कोरोना संक्रमित पाटन अस्पतालकाे आईसोलेसनमा राखिएका छन् । कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले उनलाई पाटन अस्पतालकाे आईसोलेसनमा राखिएका बताएका हुन् । डिस्चार्ज भएको ११ दिनपछि पीसीआर विधिबाट परीक्षण गराउँदा अपार्टमेन्टमा ५८ बर्षिय पुरुषमा पुन: कोभिड – १९ पोजेटिभ देखिएको हो । उनी र उनकी ८१ बर्षीया आमा [&hellip;]</p>

काठमाडौँ । सनसिटी अपार्टमेन्टका पुन: कोरोना संक्रमित पाटन अस्पतालकाे आईसोलेसनमा राखिएका छन् ।

कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले उनलाई पाटन अस्पतालकाे आईसोलेसनमा राखिएका बताएका हुन् ।

डिस्चार्ज भएको ११ दिनपछि पीसीआर विधिबाट परीक्षण गराउँदा अपार्टमेन्टमा ५८ बर्षिय पुरुषमा पुन: कोभिड – १९ पोजेटिभ देखिएको हो ।

उनी र उनकी ८१ बर्षीया आमा गत ११ बैशाखमा कोरोना मुक्त भएर डिस्चार्ज भएका थिए । फलोअप आउँदा उनकाे पीसीआर विधिबाट पुन: परीक्षण गरिएको थियो ।

Share News