विदेशबाट फर्किने नेपालीलाई सीप अनुसारको काम दिने तयारीमा सरकार

<p>काठमाडौं । वैदेशिक रोजगारबाट फर्किएका नेपाली नागरिकलाई सीप अनुसारको काम दिने निश्कर्ष सरकारले निकालेको छ । कोरोनाले संक्रमण फैलिएर विदेशमा रोजगार गुमाउने नेपालीको अनुभव, सीप, क्षमता अनुसार काम दिन सरकारले तयारी गरिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । आगामी दिनमा सिप विकासलाई प्रथामिकता दिई गुणस्तरीय तालिम संयन्त्रको उपयोग तथा परिचालन गरी [&hellip;]</p>

काठमाडौं । वैदेशिक रोजगारबाट फर्किएका नेपाली नागरिकलाई सीप अनुसारको काम दिने निश्कर्ष सरकारले निकालेको छ । कोरोनाले संक्रमण फैलिएर विदेशमा रोजगार गुमाउने नेपालीको अनुभव, सीप, क्षमता अनुसार काम दिन सरकारले तयारी गरिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

आगामी दिनमा सिप विकासलाई प्रथामिकता दिई गुणस्तरीय तालिम संयन्त्रको उपयोग तथा परिचालन गरी आयोजना तथा कार्यक्रम कार्यान्वयन क्षमतामा ल्याउनु पर्ने ठोस सुधार एवं अनुगमन पद्धतिको संरचनात्मक विकासमा केन्द्रित भइ अगाडी बढ्न  विज्ञहरूले सुझाव दिएका छन् ।

नेपालको श्रम बजारमा परेका असर र त्यसबाट देखिने अल्पकालिन, मध्यकालिन एवं दिर्घकालिन प्रभावलाई ध्यानमा राखि आन्तरिक, वैदेशिक रोजगार र सामाजिक सुरक्षाका क्षेत्रहरुमा पार्ने असर सम्बन्धि विज्ञहरुसँग नीति एवं कार्यक्रमबीच छलफल भएको थियो ।

श्रममन्त्री रामेश्वर राय यादवको संयोजकत्वमा भएको उक्त छलफलमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाल तथा पूर्व उपाध्यक्ष डा. शंकर शर्मा र डा. स्वर्णिम वाग्ले सहितको सहभागिता रहेको श्रममन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिएका छन् ।

Share News