काठमाडौंका एकमात्र कोरोना संक्रमितकाे कस्ताे छ स्वास्थ्य अवस्था ?

<p>काठमाडौं । काठमाडौंका एक मात्र कोरोना संक्रमितको हाल पाटन अस्पतालमा उपचार भईरहेको छ । पाटन अस्पतालको आईसोलेसनमा राखिएको उनी एक मात्र बिरामी हुन् । उनी हिजो साँझ अस्पतालमा पुर्ण भर्ना भएका उनमा हाल कोरोनाको कुनै पनि प्रकारको लक्षण नदेखिएको पाटन अस्पतालका निर्देशक डा. विष्णु प्रसाद शर्माले बताए । शर्मा भन्छन्, ‘हालसम्म उहाँमा कुनै पनि प्रकारको [&hellip;]</p>

काठमाडौं । काठमाडौंका एक मात्र कोरोना संक्रमितको हाल पाटन अस्पतालमा उपचार भईरहेको छ । पाटन अस्पतालको आईसोलेसनमा राखिएको उनी एक मात्र बिरामी हुन् ।

उनी हिजो साँझ अस्पतालमा पुर्ण भर्ना भएका उनमा हाल कोरोनाको कुनै पनि प्रकारको लक्षण नदेखिएको पाटन अस्पतालका निर्देशक डा. विष्णु प्रसाद शर्माले बताए ।

शर्मा भन्छन्, ‘हालसम्म उहाँमा कुनै पनि प्रकारको लक्ष्ण देखिएको छैन । उहाँको स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ ।’

फलोअपमा आएर पिसिआर विद्यिबाट चेक गर्दा मंगलबार उनीमा पुन कोरोना संक्रमण देखिएको हो ।

उनको परिवारको अन्य दुई सदस्यको भने रिपोर्ट नेगेटिभ आएको शर्माले बताए । उनको केही दिनमा फेरी परीक्षण गरिने उनले जानकारी दिए ।

उनी र उनको आमामा पहिलोपल्ट वैशाख २ गते कोरोना पुष्टि भएको थियो । उनीहरु दुवैजना निको भएर वैशाख ११ गते घर फर्किएका थिए ।

लक्षण नदेखाएका बिरामीहरुले दोस्रो व्यक्तिलाई रोग सार्ने सम्भावना कम भएको विज्ञहरु बताउँछन् ।

Share News