काठमाडाैं । स्वीटजरल्याण्डले नेपाललाई ३० हजार पीसीआर किट सहयाेग स्वरुप प्रदान गरेकाे छ ।
कोरोना परीक्षणका लागि स्वीटजरल्याण्डले सहयोग गरेको उक्त पीसीआर टेस्ट किट नेपाल आइपुगेको छ ।
पीसीआर टेस्ट किटसहित स्वीटजरल्याण्ड सरकार विकास सहयोग एसडीसीले गरेको अन्य स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगमको वाइडबडी विमानमार्फत बिहिबार नेपाल आइपुगेको हो ।
नेपालका लागि स्वीटजरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्यापलरले उक्त स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई बिहीबार हस्तान्तरण गरेकी हुन् ।
