काठमाडौं । कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षण अनुसार दुई जनामा थप कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले जानकारी दिए । संक्रमित १६ र २२ वर्षका पुरुष रहेकाे उनले बताए ।
हालसम्म देशभर कोरोना संक्रमितको संख्या १०१ पुगेको छ ।