नेपालगञ्जकाे थप एक जनामा कोरोना संक्रमण

<p>काठमाडौं । आज थप १ जना कोरोना संक्रमित थपिएका छन् । कोभिड–१९ सम्बधि नियमित बिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज थप १ जना कोरोना देखिएकाे बताए। भेरी अस्पताल नेपालगंजको प्रयोगशालामा परीक्षण गर्दा १६ वर्षिय पुरुष काेराेना संक्रमण देखिएकाे  देवकाेटाले  बताए । कोरोना सङ्क्रमण पोजिटिभ देखिएका १६ वर्षीय वडा नम्बर ८ जोलाहनपूर्वा टोलकै भएको जिल्ला स्वास्थ्य कार्यालय [&hellip;]</p>

काठमाडौं । आज थप १ जना कोरोना संक्रमित थपिएका छन् । कोभिड–१९ सम्बधि नियमित बिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज थप १ जना कोरोना देखिएकाे बताए।

भेरी अस्पताल नेपालगंजको प्रयोगशालामा परीक्षण गर्दा १६ वर्षिय पुरुष काेराेना संक्रमण देखिएकाे  देवकाेटाले  बताए ।

कोरोना सङ्क्रमण पोजिटिभ देखिएका १६ वर्षीय वडा नम्बर ८ जोलाहनपूर्वा टोलकै भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

यसअघि सोही ठाउँका २२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । नेपालगञ्जमा पहिलोपटक यही वैशाख १९ गते वडा नम्बर ७ डिएसपी रोडका ६० वर्षीय पुरुषमा पहिलोपटक सङ्क्रमण देखिएको थियो । दुई दिनअघि बुधबार सङ्क्रमित क्षेत्र वरपर वडा नम्बर ८ बाट लिइएका १३६ स्वाबको परीक्षणका क्रममा एकमा पोजिटिभ देखिएको हो ।

श्रेष्ठका अनुसार दुई दिनअघि यही वैशाख २४ गते नेपालगञ्ज ८ का विभिन्न क्षेत्रमा गरिएको १३० जनाको स्वाबको परीक्षणका क्रममा एक जनाको रिपोर्ट पोजेटिभ आएको हो । एक सय २९ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ भने अन्य ६ सहित बिहीवार सङ्कलित ४८ स्वाबको रिपोर्ट आउन बाँकी छ ।

एक थपिएसँगै बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या २४ पुगेको छ । यही वैशाख १९ गते शुक्रबार पहिलोपटक नेपालगञ्जका ६० वर्षीयद्धमा कोरोना पुष्टि भएको थियो । आज भेटिएका कोरोना सङ्क्रमित युवकलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा स्थापना गरिएको कोरोना विशेष आइसोलेशन अस्पतालमा उपचारका लागि पठाइएको श्रेष्ठले जानकारी दिए ।

यहीसँगै नेपालमा काेराेना संक्रमितकाे कुल संख्या १ सय २ पुगेकाे छ जसमा २७ जना निकाे भएका छन् ।

 

Share News