थप ७ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो

<p>काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना संक्रमण भएकाे पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडाैंकाे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विराटनगरकाे काेशी अस्पतालमा गरिएको परीक्षण अनुसार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । जसमध्ये उदयपुर भुल्केका १८, ४५ र ६५ वर्षका महिलाहरु, कपिलवस्तुका १७, १८ र १८ वर्षका पुरुषहरु र [&hellip;]</p>

काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना संक्रमण भएकाे पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडाैंकाे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विराटनगरकाे काेशी अस्पतालमा गरिएको परीक्षण अनुसार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

जसमध्ये उदयपुर भुल्केका १८, ४५ र ६५ वर्षका महिलाहरु, कपिलवस्तुका १७, १८ र १८ वर्षका पुरुषहरु र पर्सा छपकैयाका ६२ वर्षका पुरुषमा काेराेना देखिएकाे स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार संक्रमितहरूकाे हालकाे अवस्था सामान्य रहेकाे छ ।

यससँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १ सय ९ पुगेकाे छ ।

 

Share News