कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था

<p>काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ४० लाख ९८ हजार २ सय ७६ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ८० हजार २ सय २४ जनाको मृत्यु भइसकेको छ भने १४ लाख ३६ हजार १ सय ८४ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट [&hellip;]</p>

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ४० लाख ९८ हजार २ सय ७६ पुगेको छ ।

कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ८० हजार २ सय २४ जनाको मृत्यु भइसकेको छ भने १४ लाख ३६ हजार १ सय ८४ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ८० हजार ३७ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १३ लाख ४७ हजार ३ सय ९ रहेको छ ।

त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ६२ हजार ८ सय ८ पुगेको छ भने अहिलेसम्म २ हजार १ सय १ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म १ सय १० जना संक्रमित भएका छन् भने ३१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
(तथ्यांक साभार : वल्डोमिटर)

Share News