काठमाडौं । कैलालीमा आफन्त तथा साथिहरुलाई अश्लिल भिडियो तथा फोटोहरु पठाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
जिल्लाको गौरिगंगा नगरपालिका वडा नम्बर ९ शंकरपुर बस्ने बर्ष १९ कि लक्ष्मी देउवाको फेसबुक आईडीबाट उनका आफन्त तथा साथिहरुलाई अश्लिल भिडियो तथा फोटोहरु पठाई चरित्र हत्या गरेको आरोपमा कैलाली प्रहरीले उनलाई पक्राउ गरेको हो ।
धनगढी उपमहानगरपालीका वडा नम्बर ६ जाली स्थित सुकुटी नालामा झुण्डी आत्महत्या गरेको भन्ने सूचनाको आधारमा घटनाको अनुसन्धानका लागि जिल्लारी कार्यालयबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न जिल्ला कन्चनपुर बेलौरी नगरपालीका वडा नम्बर ७ बस्ने वर्ष २३ को सन्तराम चौधरीलाई उक्त अश्लिल भिडियो, फोटा, र फेसबुक आईडी लगईन अवस्थामा फेलापारी सो मोबाईल बरामद तथा निजलाई पक्राउ गरी थप अनुसन्धान भई रहेको बताएको छ ।