काठमाडाैं । थप दुई जना कोरोना संक्रमित विराटनगरबाट डिस्चार्ज भएका छन् । विराटनगरको कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचार गराइरहेका थप दुई जना निको भएर डिस्चार्ज भएका हुन् ।
भोजपुरका २७ वर्षीय युवक र झापा दमकका ६३ वर्षीय वृद्ध निको भएर डिस्चार्ज भएका हुन् ।