
काठमाडौं । नेपालमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
विपि काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएकाे परीक्षणमा सप्तरी डाक्नेश्वरी नगरपालिकाकाे वडा नं ३ मा बस्ने १८ वर्षिय युवकमा काेराेना संक्रमण पुष्टि भएको हाे ।
यससँगै, नेपालमा कोरोना संक्रमितको संख्या एक सय २१ पुगेको छ । साेमबार मात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।