थप १३ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १३४ पुग्याे

<p>काठमाडाैँ । नेपालमा थप १३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा गरिएकाे परिक्षणमा थप १३ जनामा काेराेना पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका सहप्रवक्ता डा. समीरकुमार अधिकारी जानकारी दिएका हुन् । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । कपिलवस्तुको यशोधरा गाउँपालिका – ८ र [&hellip;]</p>

काठमाडाैँ । नेपालमा थप १३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा गरिएकाे परिक्षणमा थप १३ जनामा काेराेना पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका सहप्रवक्ता डा. समीरकुमार अधिकारी जानकारी दिएका हुन् । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।

कपिलवस्तुको यशोधरा गाउँपालिका – ८ र वुद्धभूमि नगरपालिका- ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै रुपन्देहीको सम्मरीमाइ गाउँपालिका‍- ७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का  २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

साेमबार मात्रै कपिलवस्तुमा १० जना र सप्तरीमा १ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

याेसँगै नेपालमा काेराेना सैक्रमितकाे संख्या १३४ पुगेकाे छ । जसमध्ये ३३ जना निकाे भएर घर फर्किएका छन् ।

Share News