दक्षिण एशियामा कोरोना संक्रमित १ लाख २५ हजारबढी, कुन देशमा कति ?

<p>काठमाडौं । दक्षिण एशियाका सबै देशमा कोरोना भाइरस संक्रमण फैलिएको छ । मंगलबार दिउँसाे १:४५सम्मकाे तथ्यांक हेर्दा दक्षिण एसियामा काेराेना संक्रमितकाे कुल संख्या १ लाख २५ हजार १ सय ९६ पुगेकाे छ । त्यस्तै ३ हजार ३ सय ७३ जनाकाे मृत्यु भएकाे छ । दक्षिण एसियाका ८ देशमध्य नेपाल र भुटानमा बाहेक सबै देशमा कोरोना भाइरसका [&hellip;]</p>

काठमाडौं । दक्षिण एशियाका सबै देशमा कोरोना भाइरस संक्रमण फैलिएको छ । मंगलबार दिउँसाे १:४५सम्मकाे तथ्यांक हेर्दा दक्षिण एसियामा काेराेना संक्रमितकाे कुल संख्या १ लाख २५ हजार १ सय ९६ पुगेकाे छ । त्यस्तै ३ हजार ३ सय ७३ जनाकाे मृत्यु भएकाे छ ।

दक्षिण एसियाका ८ देशमध्य नेपाल र भुटानमा बाहेक सबै देशमा कोरोना भाइरसका मानिसहरुको मृत्यु भएको छ । नेपालीमा कुल कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ भने भुटानमा सबैभन्दा कम ९ जना कोरोना संक्रमित रहेका छन् ।

भारतमा कोरोना भाइरसकाे संक्रमण पछिल्लो समय तिव्र रूपमा बढ्दै गएको छ । यहाँ ७० हजार ७सय ६८ जना कोरोना संक्रमित छन् भने २ हजार २ सय ९४ जनाको मृत्यु भइसकेकाे छ ।

पाकिस्तानमा कोरोना संक्रमितको ३२ हजार ८१ पुगेको छ, ७ सय ६ जनाको मृत्यु भएको छ ।
बङ्गलादेशमा १५ हजार ७ सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै २ सय ३९ जनाको मृत्यु भएको छ ।

अफगानिस्तानमा कोरोना भाइरसबाट १ सय २२ जनाले ज्यान गुमाएका छन् भने ४ हजार ६ सय ८७ जना संक्रमित रहेका छन् ।

माल्दिभ्समा कोरोना भाइरस संक्रमितको संख्या ८ सय ९७ पुगेको छ भने ३ जनाको मृत्यु भइसकेको छ ।

श्रीलङ्कामा कोरोना भाइरसको संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने ८ सय ६३ जना संक्रमित रहेका छन् ।

Share News